टोरन्टो र लण्डनमा ६१ जना नेपालीले गरे रक्तदान
नेपालTouch
टोरन्टो। नेपाली समुदायको सक्रियतामा क्यानाडाका स्कारबोरो र लण्डनमा कुल ६१ जनाले रगत र प्लाज्मा दान गरेका छन्। मानवीय सेवा र सामाजिक उत्तरदायित्वको मर्मलाई आत्मसाथ गर्दै क्यानेडियन ब्लड सर्भिसेजको समन्वयमा यी कार्यक्रमहरू सम्पन्न भएका हुन्।
स्कारबोरोस्थित डोनर सेन्टरमा नेप्लीज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसीसीएस) र नेप्लिज ब्लड डोनर्स एसोसिएसन (एनबीडीए) क्यानाडाको संयुक्त आयोजनामा शनिबार आयोजित रक्तदान अभियानमा २१ जनाले रक्तदान गरेका छन्। एनसीसीएसले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई निरन्तरता दिँदै वर्षमा दुई पटक रक्तदान अभियान सञ्चालन गर्दै आएको छ।
कार्यक्रमपछि एनसीसीएस अध्यक्ष सुदर्शन सापकोटाले रक्तदान गर्ने सबै दातालाई धन्यवाद दिए। साथै एनबीडीए क्यानाडाका महासचिव दिपेन राउत क्षेत्रीले पहिलोपटक रक्तदान गर्न चाहने युवाहरूलाई आगामी अभियानहरूमा सहभागी हुन आग्रह गरे।
यसैबीच, ओन्टारियोकै लण्डनमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। एनबीडीए क्यानाडाको आयोजना तथा नेपाली इन लण्डन लगायतका स्थानीय नेपाली समुदाय र स्थानीय नेपाली संघ-संस्थाका प्रतिनिधिहरूको विशेष सहयोगमा सञ्चालित उक्त अभियानमा ४० जनाले रक्तदान गरे।

सम्बन्धित खबर






.png)
.png)





.png)
.png)
.png)
.png)







तपाईंको प्रतिक्रिया