• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

'उच्च करका कारण क्यानेडियन जीवनस्तर खस्कँदै'

नेपालTouch
शनिबार श्रावण २, २०८३ | Saturday July 18,2026

अन्टारियो। क्यानाडाका ७० प्रतिशत नागरिकले उच्च करका कारण आफ्नो जीवनस्तर खस्कँदै गएको बताएका छन्।

मन्ट्रियल इकोनोमिक इन्स्टिच्युट (एमईआई) का लागि 'इप्सोस' ले गरेको नयाँ सर्वेक्षणले अधिकांश क्यानेडियनहरू आफूले तिर्दै आएको करको मात्रा बढी भएको र सरकारले दिने अनुदानहरू करको अनुपातमा उपलब्धिमूलक नभएको महसुस गरेको देखाएको छ।

सर्वेक्षण अनुसार क्यानाडाका विभिन्न क्षेत्रमध्ये क्युबेकमा सबैभन्दा बढी ७४ प्रतिशत नागरिकले करको भारले आफ्नो जीवनस्तर घटाएको बताएका छन्।

यसैगरी पश्चिमी क्यानाडामा ७२ प्रतिशत, एटलान्टिक क्यानाडामा ६८ प्रतिशत र अन्टारियोमा ६६ प्रतिशत नागरिकमा यस्तो बुझाइ पाइएको छ।

समग्रमा ६३ प्रतिशत उत्तरदाताले आफूहरूले धेरै आयकर तिरिरहेको गुनासो गरेका छन्।

एमईआईका सञ्चार उपाध्यक्ष रेनो ब्रोसार्डले दैनिक उपभोग्य वस्तु र आवासको मूल्य लगातार बढिरहेका बेला सरकारले जथाभाबी खर्च गरिरहेकाले करदाताहरू आक्रोशित भएको उल्लेख गरे। 

सर्वेक्षणमा ५२ प्रतिशत क्यानेडियनले संघीय सरकारले आवश्यकताभन्दा बढी खर्च गर्ने गरेको बताएका छन् भने ५६ प्रतिशतले प्रान्तीय सरकारहरूबाट कर बुझाए अनुसारको प्रतिफल पाउन नसकेको गुनासो गरेका छन्।

जुन २६ देखि जुलाई १ सम्म १८ वर्षभन्दा माथिका १ हजार ५ जना क्यानेडियनमाझ यो अनलाइन सर्वेक्षण गरिएको थियो।

तपाईंको प्रतिक्रिया