लण्डन, अन्टारियोका नेपाली समुदायको प्रहरीसँग अन्तर्क्रिया
नेपालTouch
लण्डन। लण्डन, अन्टारियोको नेपाली समुदायले यहाँको प्रहरीसँग 'कफी विथ अ पुलिस' कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
मे २४ शनिबार आयोजना गरिएको कार्यक्रमले त्यहाँ बढ्दो नेपाली समुदायबीच बलियो सम्बन्ध र पारस्परिक समझदारीलाई बढावा दिने महत्वपूर्ण कदम हुने विश्वास लिएको छ।
आयोजकका संस्था द नेप्लिज कम्युनिटी अफ लण्डनले यस कार्यक्रमले प्रहरीसँग खुला संवादका लागि वातावरण प्रदान गरेको जनाएको छ। यस कार्यक्रमले नेपाली समुदाय र लण्डन प्रहरीका सदस्यहरूबीच परिचय स्थापनाको काम गरेको उल्लेख गर्दै संस्थाले शहर भित्र नेपालीहरूको सांस्कृतिक समावेशीकरण र सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यमा पनि मद्दत गरेको उल्लेख गरेको छ।
.jpg)
"यो पहलपछि प्रहरीेले हाम्रो समुदायका कुरा सुनोस्, समस्या देखोस् र सुरक्षित महसुस गराओस् भन्ने सुनिश्चिता चाहेको छ," संस्थाक सदस्य हिमांशु ठकुरीले भने। संस्थाले आमामी दिनमा लण्डन प्रहरीले नेपाली समुदायलाई एक प्रमुख सामुदायिक संस्थाको रूपमा पहिचान गरी आवश्यक परेका बेला सांस्कृतिक रूपमा संवेदनशील प्रहरीको सहयोगसम्म पहुँच रहोस् भन्ने चाहेको पनि जनाइएको छ।
कार्यक्रमका मुख्य आकर्षणमा प्रहरी कन्स्टेबल क्रिस्टोफर हेनरी थिए। उनले सडक सुरक्षा, व्यक्तिगत सुरक्षा लगायतका विषयमा जानकारी गराएका थिए। चारु आले मगरले सञ्चालन गरेको कार्यक्रममा ४१ जनाको सक्रिय सहभागिता रहेको थियो।

सम्बन्धित खबर











.png)


.png)
.png)
.png)







तपाईंको प्रतिक्रिया