• सोमबार, १ भदौ, २०८३
  • Monday, 17 August, 2026
  • X

प्रविधिमार्फत् नेपालीलाई एउटै सञ्जालमा जोड्न ‘नेप्लिफाइ’

नेपालTouch
सोमबार बैशाख १, २०८२ | Monday April 14,2025

अन्टारियो। क्यानाडामा रहेको नेपालीहरुको संस्था ‘नेप्लिज सेन्टर’ ले आफ्नो नाम परिवर्तन गरेको छ। अब ‘नेप्लिफाइ’ का रुपमा आउने यो संस्थाले नयाँ काम पनि अघि सारेको छ।

संस्थाका संस्थापक देवेन्द्र नेपालले नयाँ लोगो र दृष्टिकोण सहित आएको बताएका छन्। उक्त संस्थाको सञ्जालमा जोडिन हालसम्म हजार जनाभन्दा बढी प्रयोगकर्ताले खाता खोलिसकेका छन्।

नेपाली नयाँ वर्षको अवसर पारेर नयाँ परिवर्तन र भविष्यका योजनाबारे संस्थाले घोषणा गरेको हो। यसका सञ्चालकहरुले मोबाइल एप पनि चाँडै सार्वजनिक गरिने तयारी गरेका छन्। एपले प्रयोगकर्तालाई अझ सजिलो बनाउने सञ्चालकको भनाइ छ।

सूचना प्रविधि क्षेत्रमा काम गर्ने उक्त संस्थाले आगामी दिनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) र अटोमेशनमा आधारित कामहरु गर्ने योजना बनाएको नेपालले जानकारी दिए।

नेपाली समुदायलाई डिजिटल प्रविधिमार्फत् एकसाथ ल्याउने उद्देश्यले उक्त संस्था स्थापना भएको हो। सम्पूर्ण नेपालीको हात हातमा नेप्लिफाइ पुर्याउने लक्ष्य राखिएको नेपालको भनाइ छ।

हालसम्म यो सञ्जालमा जोडिएकाहरुले आफ्ना संस्था, संगठनबारे जानकारीमूलक सामग्री प्रकाशन गर्नुका साथै सन्देशमूलक कुराहरु पनि शेयर गर्न थालेका छन्।

तपाईंको प्रतिक्रिया