ग्वेल्फ र एडमण्टनमा रक्तदान सम्पन्न
नेपालTouch
ग्वेल्फ। मानवीय हित र समुदाय सेवामा २०१९ देखि योगदान पुर्याइरहेको हेल्पिङ्ग हेन्ड्स विताउड बोर्डर्स क्यानाडाले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गर्यो।
हेल्पिङ्ग हेन्ड्स डेको उपलक्ष्यमा फेब्रुअरी २२ मा ग्वेल्फमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले प्लाज्मा तथा रक्तदान गरेका थिए। संस्थाका अध्यक्ष राजन छतकुलीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी क्यानेडियन ब्लड सर्भिसेजका क्षेत्रीय प्रबन्धक केटी बी, नेप्लिज ब्लड डोनर्स एसोसिएसनका सुकदेव(राजु) बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
संस्थाका बोर्ड ओफ डाइरेक्टर सुमन ढकालले कार्यक्रमको संयोजन र संचालन गरेका थिए। यसैगरी, अघिल्लो महिना संस्थाले ग्वेल्फमा रहेका विभिन्न सेवा प्रदायकहरूको सहभागितामा सेवाग्राही र सेवाप्रदायकहरूका बीचमा एउटा सामुदायिक सहभागिता नामक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो। जसमा पन्जाबी, गुजराती, भुटानी, नेपाली, अरबी, सुडानी, एरि्ट्रियन, भियत्नामी, पाकिस्तानी, बंगलादेसी, फिलिपिनी समुदायका समुदायका १३० भन्दा बढी सहभागिता थियो।
एडमण्टनमा पनि रक्तदान
नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमण्टन, ओएनएफ, एनबिडिए र सिबिएसको सहकार्यमा एडमण्टनमा एक सामुहिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।
२२ फेब्रुअरी २०२५ मा भएको कार्यक्रममा १४ जना रक्तदाता सहभागी थिए। ति संस्थाले वार्षिक चार पटक रक्तदानको कार्यक्रम गर्ने योजना बनाएको पनि बताइएको छ।

सम्बन्धित खबर




.png)
.png)

.png)




.png)
.png)
.png)
.png)







तपाईंको प्रतिक्रिया