• बुधबार, २६ कार्तिक, २०८३
  • Wednesday, 11 November, 2026
  • X

हेल्पिङ ह्याण्डले मनायो महिला दिवस

नेपालTouch
आइतबार चैत ११, २०८० | Sunday March 24,2024

ग्वेल्फ। ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा हेल्पिङ्ग ह्याड्स विताउड बोर्डर्स क्यानाडाले गत साता एउटा अन्तर्क्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ। 

भर्चुअल माध्यम जुममा सञ्चालित उक्त कार्यक्रममा महिलाहरूले शिक्षा, रोजगारी लगायतका अवसरमा समानता प्राप्त गर्नका लागि पुरूषले खेल्नपर्ने भूमिकाका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमको विषयवस्तुलाई ध्यानमा राख्दै उक्त कार्यक्रममा प्यानलिष्टका रूपमा फरक फरक विधामा आ-आफ्नो क्षेत्रमा योगदान पुर्याइरहेका तीनजना महिला र तीनजना पुरूषलाई आमन्त्रित गरिएको थियो।

कार्यक्रमका प्यानलिष्टहरूमा अमेरिकामा रहेका नेपालीहरूको संगठन एएनएका अध्यक्ष खगेन्द्र अधिकारी, नेपाल टचका कार्यकारी सम्पादक जयराम गौतम, क्यानाडास्थित न्यु ब्रन्सविक विद्यालयका प्राध्यापक र एसोसिएट डीन डा. दिनेश गजुरेल थिए।

यसैगरी, अन्टारियो सरकारको प्राकृतिक स्रोत र वन मन्त्रालय टिमिन्समा रिजनल रिसोर्स एनालिस्टका रूपमा कार्यरत कमला रूपाखेती, क्यानाडामा ट्राभल र टूरिज्मका क्षेत्रमा लामो समयदेखि कार्यरत महिला व्यवसायी अनुपमा घिमिरे, केस वेस्टर्न विश्वविध्यालयका प्राध्यापक र बालबालिका तथा वयस्क विभागका विभागीय मनोचिकित्सक डक्टर प्रिया वैद्य पनि थिए। 

कार्यक्रमको सञ्चालन हेल्पिङ्ग ह्याड्स विताउड बोर्डर्स क्यानाडाका बोर्ड सदस्य दिनेश सिँह मल्ल र निरूपमा शर्माले संयुक्त रूपमा गरेका थिए। 

सो कार्यक्रममा महिलामा लगानी गरौं प्रगतिलाई गति दिऔं भन्ने नाराका साथ महिलाका विभिन्न मुद्दा, महिला सशक्तिकरण, प्रवासी भूमिमा शिक्षा र रोजगारीमा महिलाको समान सहभागिताका चुनौतीहरू, पुरूषले खेल्नु पर्ने सकारात्मक भूमिका र मानसिक स्वास्थ्य जागरूकता लगायतका विषयमा छलफल भएको थियो।

तपाईंको प्रतिक्रिया