• बुधबार, २६ कार्तिक, २०८३
  • Wednesday, 11 November, 2026
  • X

गुयल्फमा १५ जनाले गरे रगत र प्लाज्मा दान

नेपालTouch
सोमबार फाल्गुण १४, २०८० | Monday February 26,2024
फोटोः आयोजक

टोरन्टो। हेल्पिङ्ग हेन्ड्स विताउड बोर्डस क्यानाडाले आफ्नो स्थापना दिवस रक्तदान कार्यक्रमको आयोजना गरेर मनाएको छ।

मानवीय हित र समुदाय सेवाका क्षेत्रमा नेपाल तथा क्यानाडामा २०१९ देखि योगदान पुर्याईरहेको संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा १५ जनाले प्लाज्मा तथा रक्तदान गरेका थिए। 

त्यस अवसरमा २०५ पटक रक्तदान गरेर कीर्तिमान हासिल गरेका र हालै दिवंगत अर्जुनप्रसाद मैनालीप्रति श्रद्धाञ्जली पनि व्यक्त गरिएको थियो।

संस्थाका अध्यक्ष राजन छतकुलीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी क्यानेडियन ब्लड सर्भिसेजका क्षेत्रीय प्रबन्धक केटी बी, समाजसेवी शान्तिराम मैनाली, सरोज न्यौपाने, दिपेन्द्र कार्की, जीवन थापा, शर्मिला दंगाल लगायतका व्यक्तिहरूले मैनालीप्रति श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए।

शान्तिराम मैनाली, चन्दिकादेवी गौतम, यादबहादुर पौडेल, अशोक सुवेदी, सरोज न्यौपाने, दिपेन्द्र कार्की, जीवन थापा, शर्मिला दंगालले रक्तदान गरेको संस्थाले जनाएको छ। यसैगरी, नारायण श्रेष्ठ, विकास लम्साल, भीम परियार, सुरेश शर्मा, मीत कौर, नुतन कौर र सुमन ढकालले पनि रक्तदान गरेका थिए। 

नेपाली क्यानेडियन ब्लड डोनर्स असोसिएसन साझेदार संस्थाका रूपमा संलग्न रहेको कार्यक्रम संस्थाका कोषाध्यक्ष सुमन ढकालले संयोजन र संचालन गरेका थिए।

तपाईंको प्रतिक्रिया