• आइतबार, ७ मङ्सिर, २०८३
  • Sunday, 22 November, 2026
  • X

साहित्य समाजको भर्चुअल कवि सम्मेलन सम्पन्न

नेपालTouch
मंगलबार फाल्गुण १८, २०७७ | Tuesday March 02,2021

टोरन्टो। नेपाली साहित्य समाज क्यानाडाले प्रत्येक महिनाको अन्तिम आइतवार गर्ने भर्चुअल कविता वाचनको बाह्रौं शृङ्खला फेब्रूअरी २८ मा सम्पन्न भएको छ।

त्यस अवसरमा क्यानडाका विभिन्न सहरबाट कविहरूले गजल र कविता वाचन गरेका थिए।

अमेरिकाका पनि केही कविहरूले उपस्थिति जनाएको कार्यक्रममा सुरेन्द्र राजभण्डारी, अनुजा घिमिरे, गोपीकृष्ण काफ्ले, रेखा पौडेल, तुलसी धरेल, युवराज भण्डारीले कविता वाचन गरेका थिए।

यसैगरी, रविन थपलिया, पुण्यसागर मरहट्टा, मानकाजी श्रेष्ठ 'जेना', रविन्द्र लम्साल, मुक्ति गौतम, खेम गुरागाई, शशि तिमल्सिना, मोहन खरेल, शिशिर पाण्डे, अनुप न्यौपाने र पुष्प आचार्यले पनि आ-आफ्ना रचना सुनाएका थिए।

 सभापति खेम गुरागाईले साहित्य समाजलाई विशुद्ध साहित्यिक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पदको पगरीले भन्दा साहित्यिक श्रृजना र कर्मले नै साहित्यकारको पहिचान हुने बताए।

अघिल्लो कार्य समितिका गतिविधिहरुलाई निरन्तरता दिने बताउँदै उनले निबर्तमान कार्य समितिलाई धन्यवाद समेत दिए।

कार्यक्रममा कवि तथा गजलकारहरुले वर्तमान राजनीतिप्रति तीखो प्रहार गरिएका रचनाहरू सुनाएका थिए। यसैगरी, आउँदै गरेको नारी दिवस, आप्रवासीहरूका कथा-व्यथा, प्रेम, वात्सल्य तथा अन्य समसामयिक विषयमा श्रृजित रचनाहरू वाचन गरेका थिए।

समाजका अध्यक्ष गुरागाईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहन खरेलले गरेका थिए।

तपाईंको प्रतिक्रिया