क्यानाडा नेटोको इनोभेसन कोषमा आबद्ध
नेपालTouch
अन्टारियो। क्यानाडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ।
यससँगै क्यानाडा उक्त कोषमा सहभागी हुने २५औँ नेटो सदस्य राष्ट्र र उत्तर अमेरिकाबाट आबद्ध हुने पहिलो देश बनेको छ।
क्यानाडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले शनिबार कोषमा आबद्धतासम्बन्धी वार्ता सम्पन्न भएको र क्यानाडा औपचारिक रूपमा सदस्य बनेको घोषणा गरेका हुन्।
क्यानाडाको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार कोषमा आबद्ध भएसँगै क्यानाडाले १० करोड क्यानाडेली डलरभन्दा बढी (करिब सात करोड अमेरिकी डलर) योगदान गर्नेछ। उक्त रकमबाट कोषले क्यानाडाका स्टार्टअप कम्पनी तथा विभिन्न लगानी कोषमा लगानी गर्न सक्नेछ।
मन्त्रालयका अनुसार क्यानाडाको सहभागिताले त्यहाँका रक्षा प्रविधि क्षेत्रमा काम गर्ने नवप्रवर्तकलाई एक अर्ब युरोभन्दा बढी (करिब एक अर्ब १० करोड अमेरिकी डलर) लगानीयोग्य पुँजीमा पहुँच उपलब्ध गराउनेछ।
यसबाट क्यानाडाका रक्षा प्रविधि विकासकर्ता तथा उद्यमीलाई लगानीका नयाँ अवसर प्राप्त हुनुका साथै युरोपेली नेटो सदस्य राष्ट्रहरूसँग रक्षा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्यानाडाको सहभागिताले नेटोअन्तर्गत रक्षा प्रविधि, नवप्रवर्तन र रणनीतिक लगानीमा अन्तर्राष्ट्रिय सहकार्य थप मजबुत हुने विश्वास गरिएको छ।

सम्बन्धित खबर







.png)




.png)
.png)
.png)
.png)






तपाईंको प्रतिक्रिया