• आइतबार, ७ मङ्सिर, २०८३
  • Sunday, 22 November, 2026
  • X

नेपाली साहित्य समाज क्यानाडामा नयाँ नेतृत्व

नेपालTouch
बिहीबार फाल्गुण १३, २०७७ | Thursday February 25,2021

टोरन्टो। नेपाली साहित्य समाज क्यानाडाको अधिवेशनले खेम गुरागाईंको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

फेब्रुअरी २० मा क्यानाडाका साहित्यिक स्रष्टाहरुको भर्चुअल बैठकले समिति उपाध्यक्षमा मन्ट्रियलका युवराज भण्डारी, महासचिवमा टोरन्टोका मोहन खरेल, सचिवमा ब्राम्पटनकी पारु पाण्डे, कोषाध्यक्षमा अरोराका पुण्यसागर मरहठ्ठालाई चयन गरेको हो ।

यस्तै सदस्यमा टोरण्टोका अनुप न्यौपाने, क्यालगरीका कुशुम ज्ञवाली, भ्यानकुभरका राजेन्द्र कार्की र टिमिन्सका मुक्ति गौतम चयन भएका छन्।

निवर्तमान सभापति रविन थपलियाको सभापतित्वमा भएको कार्यक्रममा क्यानाडाका लागि नेपालका राजदूत भृगु ढुङ्गाना र अवैतनिक महावाणिज्यदूत कुञ्जरमणि शर्माको विशेष उपस्थिति थियो।

कार्यक्रममा साहित्य समाजका पूर्व अध्यक्षहरु गोबिन्दसिंह रावत, मुक्ति गौतम र रविन थपलिया तथा सल्लाहकार तुल्सी धरेल र गोपीकृष्ण काफ्ले तथा समाजका पूर्व उपाध्यक्ष राधिका अर्याल, सदस्य अनुप न्यौपाने, राजेन्द्र कार्की, युवराज भण्डारी, मानकाजी श्रेष्ठ ‘जेना’, कुशुम ज्ञवाली, पुण्यसागर मरहठ्ठा, शिशिर पाण्डे, पारु पाण्डे, रबिन्द्र घिमिरे, वीरेन्द्र लम्साल लगायत बक्ताले नयाँ समितिलाई बधाई तथा शुभकामना दिएका थिए।

निवर्तमान कार्य समितिका पदाधिकारीलाई उनीहरुले गरेको योगदानका लागि धन्यवाद पनि दिइएको थियो।

२००४ मा टोरण्टो साहित्य समाजको नाममा स्थापना भएको नेपाली साहित्य समाज क्यानाडा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा सक्रियतापूर्वक काम गर्दै आएको संस्था हो। संस्था विधिवत् रुपमा २०१७ मा क्यानाडाको संघीय सरकारमा दर्ता भएको छ।

तपाईंको प्रतिक्रिया