क्यानाडाको सपना देखाएर १२ लाख ठगी, दुई जना पक्राउ
नेपालTouch
काठमाडौं। क्यानाडामा आकर्षक तलबको जागिर लगाइदिने भन्दै रकम असुल्ने ठगीका घटना बढिरहेका बेला क्यानाडा पठाइदिने प्रलोभनमा १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२० की ४९ वर्षीया रिता गौतम र सोही महानगरपालिका–२० का ३१ वर्षीय विमोचन राज कुँवरलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले क्यानाडा पठाइदिने भन्दै एक जना पीडितबाट १२ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

सम्बन्धित खबर













.png)














तपाईंको प्रतिक्रिया