• सोमबार, ३ कार्तिक, २०८३
  • Monday, 19 October, 2026
  • X

थाई शाही परिकार पस्किने रेष्टुरेन्ट उत्तर अमेरिकाको सबैभन्दा उत्कृष्ट

नेपालTouch
बिहीबार असोज २९, २०८३ | Thursday October 15,2026
फोटोः बान लाओ फाइन् थाई कुजिन (फेसबुक)

भ्यानकुभर। रिचमण्ड, ब्रिटिस कोलम्बियामा रहेको बान लाओ फाइन् थाई कुजिन रेस्टुरेन्टले उत्तर अमेरिकाकै उत्कृष्ट रेस्टुरेन्ट अवार्ड जितेको छ। क्यानाडाको कुनै रेस्टुरेन्टले यस्तो अवार्ड पाएको यो पहिलो घटना हो।

अवार्ड प्रतिस्पर्धामा रहेका क्यानाडाका २२ र अमेरिकाका १८ वटा रेस्टुरेन्टहरूलाई उछिन्दै उक्त रेष्टुरेन्टले उत्तर अमेरिकाको उत्कृष्ट रेस्टुरेन्टको उपाधि जितेको हो। यो रेस्टुरेन्ट लगातार तेस्रो वर्ष क्यानाडाको उत्कृष्ट रेस्टुरेन्टको रूपमा पनि सम्मानित भइसकेको छ।

सन् २०२० मा स्थापना भएको यो अवार्डको विजेताको चयन सर्वसाधारण र पाककला उद्योगमा दर्ता भएका सदस्यहरूको मतदानबाट गरिन्छ।

सन् २०२१ मा सञ्चालनमा आएको बान लाओले थाइल्याण्डको शाही परिकार पस्कँदै आएको जनाएको छ।

यसअघि उत्तर अमेरिकी अवार्ड जित्ने छवटै विजेता रेस्टुरेन्टहरू अमेरिकाका थिए। न्युयोर्कको 'ले बर्नाडिन' र क्यालिफोर्नियाको 'द फ्रेन्च लन्ड्री' ले दुई-दुई पटक यो उपाधि जितिसकेका छन्। 

तपाईंको प्रतिक्रिया