ब्राम्पटन र स्कार्ब्रोमा मनाइयो 'विश्व ध्यान दिवस'
नेपालTouch
अन्टारियो। 'जीवन विज्ञान क्यानाडा' को आयोजनामा दोस्रो 'विश्व ध्यान दिवस' तथा ऊर्जा ध्यानको शिविर सम्पन्न भएको छ।
ब्राम्पटन र स्कार्ब्रोमा शिविर सम्पन्न भएको हो।
ब्राम्पटको शिविरमा थानेश्वर सुवेदी र स्कार्ब्रोको शिविरमा प्रमेबदा आचार्यले प्रशिक्षण दिएका थिए। उक्त सामूहिक स्व-जागरण कार्यक्रममा स्थानीय नेपाली समुदायको उत्साहजनक सहभागिता थियो।
डिसेम्बर २१ तारिख आइतबार बिहान ८ बजेदेखि ९:३० सम्म सञ्चालित उक्त कार्यक्रममा सहभागीहरूले सामूहिक ऊर्जा ध्यानको अभ्यास गरेका थिए।
आधुनिक जीवनशैलीको तनावका बीच मानसिक शान्ति र शारीरिक स्फूर्तिका लागि ध्यानको महत्त्वबारे प्रकाश पारिएको कार्यक्रममा सहभागीहरूले आफ्ना सकारात्मक अनुभवहरू समेत साटासाट गरेका थिए।
ब्राम्पटनस्थित १२२ क्लेमेन्टाइन ड्राइभमा आयोजना गरिएको कार्यक्रममा सपरिवार सहभागी भएकाहरूले ध्यानको शक्ति र यसले जीवनमा ल्याउने सकारात्मक परिवर्तनबारे प्रत्यक्ष अनुभूति गर्ने अवसर पाएका थिए।
जीवन विज्ञान क्यानाडाका अनुसार सहभागीहरूको उत्साह र उनीहरूले व्यक्त गरेका अनुभवले संस्थालाई भविष्यमा यस्ता कार्यक्रमहरू थप प्रभावकारी ढंगले अगाडि बढाउन थप ऊर्जा प्रदान गरेको छ।
.jpg)
यसै वर्ष 'जीवन विज्ञान क्यानाडा' विधिवत् रूपमा स्थापना भई आफ्नो सेवा विस्तार गरिरहेको छ। यहाँ प्रशिक्षकद्वय प्रेमबदा आचार्य र थानेश्वर सुवेदीको नेतृत्वमा सन् २०२२ जनवरी १ देखि दैनिक ऊर्जा ध्यानका कक्षाहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।
जीवन विज्ञानले आफ्ना अनलाइन कक्षाहरू पूर्ण रूपमा निःशुल्क सञ्चालन गर्दै आएको छ। क्यानाडामा रहेका जोकोहीले पनि घरमै बसेर स्वास्थ्य र चेतनाको लाभ लिन सक्ने प्रशिक्षकहरूले बताएका छन्।

सम्बन्धित खबर

.png)






.png)





.png)


.png)










तपाईंको प्रतिक्रिया