'नेपाली क्यानेडियन एसोसिएसन अफ क्यालगरी' ले पायो कानुनी मान्यता
नेपालTouch
अन्टारियो। क्यानाडाको अल्बर्टा प्रान्तमा नेपाली क्यानेडियन एसोसिएसन अफ क्यालगरी (एनसीएसी) गैरनाफामूलक सामुदायिक संस्थाका रूपमा औपचारिक दर्ता भएको छ।
अल्बर्टा सरकारसमक्ष दर्ता भएसँगै संस्थाले प्रान्तको कानुनअनुसार कानुनी मान्यता प्राप्त गरेको हो। संस्थाका अध्यक्ष सन्तोष दाहालले यसलाई नेपाली भाषा, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
संस्थाले नेपाली समुदायबीच एकता, समावेशिता, स्वयंसेवा र आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। आगामी दिनमा सुशासन, पारदर्शिता, जवाफदेहिता, इमानदारी, आपसी सम्मान र सामूहिक उत्तरदायित्वका सिद्धान्तअनुसार काम गर्ने प्रतिबद्धता पनि संस्थाले जनाएको छ।
कानुनी मान्यता प्राप्त गर्ने प्रक्रियामा सहयोग पुर्याउने संस्थापक सदस्य, स्वयंसेवक तथा शुभेच्छुकप्रति अध्यक्ष दाहालले आभार व्यक्त गरेका छन्।

संस्थाले क्यालगरीमा रहेका नेपाली समुदायको एकता बलियो बनाउँदै भाषा, संस्कृति र सम्पदाको संरक्षणका साथै सामुदायिक गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर





.png)





.png)


.png)









तपाईंको प्रतिक्रिया