बालबालिका लागि निःशुल्क 'साइबर सुरक्षा सचेतना तालिम' सञ्चालन हुँदै
नेपालTouch
टोरन्टो। बालबालिकाको प्रविधिमा बढ्दो पहुँच र अनलाइन उपस्थितिको अवस्थालाई ध्यानमा राख्दै बालबालिका लक्षित एक विशेष अनलाइन तालिम आयोजना गरिने भएको छ।
क्यानाडामा अक्टोबर महिनालाई 'साइबर सुरक्षा सचेतना महिना'का रूपमा मनाइँदै आएकाले सोही सन्दर्भ पारेर यो चेतनामूलक कार्यक्रम तय गरिएको आयोजकले जनाएका छन्।
मुख्य लक्ष्य ८ देखि १४ वर्षको उमेरका बालबालिका भए पनि इच्छुक जुनसुकै उमेरका बालबालिका, युवा तथा अभिभावकहरू पनि सहभागी हुन सक्ने उक्त तालिम अक्टोबर २५ आइतबार बिहान ९:०० बजेदेखि १०:०० बजेसम्म जुम प्लेटफर्ममा हुनेछ।
बालबालिकालागि डिजिटल माध्यमको सुरक्षित, जिम्मेवार र सचेत प्रयोगबारे व्यावहारिक ज्ञान दिन फिसटेल स्पोर्ट्स क्लब र नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेजको संयुक्त आयोजनामा निःशुल्क 'साइबर सुरक्षा सचेतना तालिम' सञ्चालन हुन लागेको हो।
फिसटेल स्पोर्ट्स क्लबका महासचिव कृष्ण पौडेलले बालबालिकाहरूले धेरै समय अनलाइन बिताउँने उल्लेख गर्दै उनीहरूलाई अनलाइनमा हुनसक्ने सम्भावित जोखिम, डिजिटल ठगी र नकरात्मक गतिविधिहरूबाट बचाउने दायित्व अन्तर्गत यस्तो कार्यक्रम आयोजन गरिएको बताए।
यसैगरी, नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेजका अध्यक्ष सुदर्शन सापकोटाले बालबालिकालाई प्रविधिको सही उपयोग सिकाउन र अनलाइन सुरक्षाप्रति सचेत गराउन आफ्ना नानीबाबुहरूलाई यो उपयोगी तालिममा सहभागी गराउन आग्रह गरे।
तालिमका क्रममा बालबालिकामा शंकास्पद लिङ्क, नक्कली म्यासेज र अनलाइन ठगीका तरिकाहरू बारे चिन्ने क्षमताको विकास हुने आयोजकको विश्वास छ।
अन्तरक्रियात्मक तालिमका क्रममा बालबालिकाहरूले साइबर सुरक्षासम्बन्धि प्रश्नहरू पनि सोध्न सक्नेछन्।

सम्बन्धित खबर.png)











.png)












तपाईंको प्रतिक्रिया