ह्यामिन्टनमा बडादसैँ, तिहार र छठ पर्वको उत्सव हुँदै
नेपालTouch
ह्यामिन्टन। ह्यामिन्टन र वरपर बसोबास गर्ने नेपाली समुदायलाई समेट्दै ह्यामिन्टन नेपाली कम्युनिटी अर्गनाइजेसन एन्ड नेटवर्क(ह्यानकन)ले बडादसैँ, तिहार तथा छठ पर्व २०८३ को अवसरमा विशेष सांस्कृतिक उत्सव आयोजना गर्ने भएको छ।
आजै (अक्टोबर १०) साँझ ६:०० बजेदेखि राति ११:०० बजेसम्म ह्यामिन्टनस्थित म्याग्नोलिया हलमा कार्यक्रम हुने आयोजक संस्थाका शैलेस भट्टराईले जानकारी दिए। सन् २०२३ मा स्थापना भएको संस्था ह्यानकनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण गर्दै स्थानीय नेपाली तथा नेपालीभाषी समुदायलाई एकै ठाउँमा जोड्ने काम गर्दै आएको छ।
सांस्कृतिक परम्परा, सङ्गीत र सामुदायिक सहभागितासहित हुन गइरहेको यस उत्सवले ह्यामिन्टनको बहुसांस्कृतिक पहिचानलाई थप उजागर गर्ने आयोजकको भनाइ छ। कार्यक्रमस्थलमा निःशुल्क पार्किङको व्यवस्था रहेको उल्लेख गर्दै आयोजकले चाडबाडको खुसी साटासाट गर्न कार्यक्रममा सहभागी हुन सबैसँग आग्रह गरेको छ।

सम्बन्धित खबर











.png)












तपाईंको प्रतिक्रिया