• शुक्रबार, २३ असोज, २०८३
  • Friday, 09 October, 2026
  • X

टोरन्टोमा नोभेम्बर ६ मा ‘१९७४ एडी’को तिहार विशेष कन्सर्ट

नेपालTouch
शुक्रबार असोज २३, २०८३ | Friday October 09,2026

 टोरन्टो। प्रतिष्ठित नेपाली रक ब्यान्ड ‘१९७४ एडी’ ले नोभेम्बर ६ (शुक्रबार), २०२६ मा टोरन्टोको क्वीन एलिजाबेथ थिएटरमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ। रकमान्डु क्यानाडाले प्रस्तुत गर्ने “1974 AD Live in Toronto: Tihar Celebration” शीर्षकको उक्त कन्सर्ट द नेक्स्ट वेभ इभेन्ट्स एन्ड इन्टरटेनमेन्टले प्रोडक्सन गर्दैछ।

यसपटकको कार्यक्रममा ब्यान्डका मूल लाइनअप कलाकारहरूको प्रत्यक्ष प्रस्तुति रहने आयोजकले जनाएको छ। 'यो मन त मेरो नेपाली हो', 'परेलीमा', 'सम्बोधन' र 'छुँदैन तिम्रो मायाले' जस्ता कालजयी गीतहरूका लागि चर्चित १९७४ एडीले तीन दशकभन्दा लामो सांगीतिक यात्रामा नेपाली मौलिक धुन र रक सङ्गीतलाई जोड्दै आएको छ।

लाइभ कन्सर्टसँगै तिहारको सांस्कृतिक माहोल पनि कार्यक्रमको मुख्य आकर्षण हुनेछ। आयोजकका अनुसार कन्सर्टका अलावा त्यहाँ देउसी-भैलो तथा तिहारसम्बन्धी सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिनेछन्। डायस्पोरामा रहेका नेपालीहरूलाई आफ्नो भाषा, संस्कृति र चाडपर्वसँग जोड्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

सामाजिक कार्यसँग सांगीतिक पहल 

आयोजकले कार्यक्रमलाई सामाजिक उत्तरदायित्वसँग पनि जोडेका छन्। बिक्री हुने प्रत्येक टिकटबाट ३ क्यानेडियन डलर सामाजिक सहयोगका लागि जानेछ।

कार्यक्रम विवरण तथा प्रवेश सम्बन्धी जानकारी:

  • मिति: शुक्रबार, ६ नोभेम्बर २०२६

  • स्थान: क्वीन एलिजाबेथ थिएटर (Queen Elizabeth Theatre), टोरन्टो

  • समय: ढोका खुला: साँझ ७:०० बजे | कन्सर्ट सुरु: राति ८:०० बजे

  • प्रवेश उमेर समूह: १९ वर्ष वा सोभन्दा माथि

  • आवश्यकता: प्रवेशका लागि मान्य फोटोसहितको सरकारी परिचयपत्र अनिवार्य 

  • टिकट उपलब्धता: टिकटिङ पार्टनर AdmitONE को अनलाइन पोर्टलमा उपलब्ध

तपाईंको प्रतिक्रिया