क्यानाडा सरकारको चार महिनाको बजेट घाटा ५.१ अर्ब डलर
नेपालTouch
अन्टारियो। क्यानाडा सरकारले चालु आर्थिक वर्ष २०२६-२७ को अप्रिलदेखि जुलाईसम्मको चार महिनामा ५.१ अर्ब क्यानाडियन डलर बजेट घाटा व्यहोरेको छ।
वित्त मन्त्रालयले सार्वजनिक गरेको मासिक वित्तीय प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही चार महिनामा संघीय सरकारको घाटा ७.८ अर्ब डलर थियो। यस वर्षको सोही अवधिको घाटा अघिल्लो वर्षको तुलनामा २.७ अर्ब डलरले कम हो।
प्रतिवेदनअनुसार अप्रिलदेखि जुलाईसम्म सरकारको कुल आम्दानी १७५.५ अर्ब डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आम्दानी १६३.४ अर्ब डलर थियो।
व्यक्तिगत आयकर, अन्य आम्दानी तथा वस्तु तथा सेवा कर (जीएसटी) बाट प्राप्त राजस्व बढेपछि सरकारको कुल आम्दानीमा वृद्धि भएको वित्त मन्त्रालयले जनाएको छ।
यस अवधिमा खुद बीमांकीय घाटा बाहेकको सरकारी कार्यक्रमगत खर्च १५९ अर्ब डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १५१.३ अर्ब डलर थियो।
प्रत्यक्ष कार्यक्रमगत खर्च तथा नागरिकलाई प्रदान गरिने प्रमुख सरकारी हस्तान्तरण बढेका कारण कार्यक्रमगत खर्चमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
सरकारले सार्वजनिक ऋणको ब्याज तथा अन्य सम्बन्धित शुल्कमा अप्रिलदेखि जुलाईसम्म २० अर्ब डलर खर्च गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च १८.६ अर्ब डलर थियो।
त्यस्तै, खुद बीमांकीय घाटा १.७ अर्ब डलर पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १.३ अर्ब डलरभन्दा बढी हो।

सम्बन्धित खबर












.png)














तपाईंको प्रतिक्रिया