क्यानाडामा २०२५ मा सबैभन्दा लोकप्रिय केटीका नाम शार्लेट
नेपालTouch
अन्टारियो। क्यानाडामा सन् २०२५ मा जन्मिएका केटीमध्ये सबैभन्दा धेरै राखिएको नाम शार्लेट बनेको छ। यससँगै लगातार नौ वर्षदेखि सबैभन्दा लोकप्रिय रहेको ओलिभिया दोस्रो स्थानमा झरेको छ।
क्यानाडाको तथ्यांक विभागका अनुसार सन् २०२५ मा जन्मिएका १ हजार ५०२ बच्चीको नाम शार्लेट राखिएको थियो। ओलिभिया नाम १ हजार ४४५ केटीको नाम राखिएको छ। दुई नामबीचको अन्तर ५७ मात्र छ।
शार्लेट सन् २०१५ देखि नै क्यानाडामा केटीका लोकप्रिय तीन नाममध्ये रहँदै आएको थियो। ओलिभिया भने सन् २००७ देखि लगातार शीर्ष तीनमा पर्दै आएको तथ्यांक विभागले जनाएको छ।
२०२५ को सूचीमा एमा तेस्रो स्थानमा छ। सोफिया चौथो र अमेलिया पाँचौँ स्थानमा छन्। सोफिया छैटौँ, क्लोइ सातौँ, मिया आठौँ र लिली नवौँ स्थानमा छन्।
यस वर्ष पहिलोपटक नोराले शीर्ष १० मा स्थान बनाएको छ। नोरा १०औँ स्थानमा पुग्दा एभा सूचीबाट बाहिरिएको छ। सन् २०२३ बाहेक एभा सन् २००५ देखि लगातार शीर्ष १० मा रहँदै आएको थियो।
शार्लेट नामको लोकप्रियता सन् २०१५ पछि थप बढेको थियो। त्यस वर्ष बेलायतका राजकुमार विलियम र उनकी पत्नी क्याथरिनले आफ्नी दोस्रो सन्तानको नाम शार्लेट राखेका थिए। यो फ्रेन्च मूलको नाम हो, जसको सम्बन्ध चार्ल्स नामसँग रहेको तथ्यांक विभागले जनाएको छ।
क्यानाडाको तथ्यांक विभागले बच्चाको नामसम्बन्धी तथ्यांक क्यानाडाको नागरिक तथ्यांक र जन्मसम्बन्धी विवरण तथा क्युबेकको बच्चाको नामसम्बन्धी सूचीका आधारमा तयार गरेको जनाएको छ।

सम्बन्धित खबर













.png)














तपाईंको प्रतिक्रिया