क्यानाडामा ‘स्वर बादल सरी टुर २०२६’ हुँदै
नेपालTouch
टोरोन्टो। नेपाली संगीतप्रेमीहरूका लागि मनोरञ्जन दिन चर्चित ब्याण्ड स्वरले क्यानाडाका विभिन्न सहरहरूमा प्रस्तुति दिँदैछ।
‘स्वर बादल सरी टुर २०२६’ नाम दिइएको यो सांगीतिक यात्राले क्यानाडाको पूर्वी किनारादेखि पश्चिम किनारासम्मका प्रमुख शहरहरूलाई समेटेको छ। टुर अन्तरगतको पहिलो शो अगस्ट २२ मा ह्यालिफ्याक्समा सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकले जनाएको छ। "यो सांगीतिक टोली अब लण्डन, टोरोन्टो, भ्यान्कुभर र क्याल्गरीका दर्शकमाझ प्रस्तुत हुनेछ" आयोजक सुजन न्यौपानेले जानकारी दिए।
यसै क्रममा ब्याण्ड टोरोन्टोको 'द ड्यानफोर्थ म्युजिक हल'मा आउँदो अगस्ट २९ (शुक्रबार) दर्शकमाझ प्रस्तुत हुँदैछ।
‘स्वर’ ब्यान्ड नेपाल र प्रवासका नेपालीहरूमाझ निकै लोकप्रिय मानिन्छ। ब्याण्ड सुमधुर धुन, अर्थपूर्ण कथा वाचन र आधुनिक सांगीतिक उत्पादनका लागि परिचित छ। ब्याण्डका मुख्य गायक स्वप्निल शर्मा हुन् भने संगीत संयोजक र गितार बादकका रूपमा रोहित शाक्य छन्। यसैगरी, ड्रम्समा गौतम तण्डुकार, बेस गितारमा सिद्धान्त गुरुङ र किबोर्डमा सन्तोष लामा छन्।
ब्याण्डले आफ्ना चर्चित गीतहरू ‘बादल सरी’, ‘अपरिभाषित’, ‘अर्को जन्म’, ‘म मरे पनि’, ‘बिदाइ’ लगायतका लोकप्रिय र नयाँ गीतहरू प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
नेपाली कला-संस्कृति र संगीतलाई क्यानाडास्थित नेपाली समुदायमाझ पुर्याउन र स्थानीय दर्शकहरूलाई सांगीतिक माहोलमा झुमाउन यो टुर आयोजना गरिएको आयोजक समूहका न्यौपानेले जनाए। उनले कार्यक्रममा सहभागी भई नेपाली संगीत र कलाकारहरूलाई प्रोत्साहन गरिदिन पनि आह्वान गरेका छन्।

सम्बन्धित खबर













.png)














तपाईंको प्रतिक्रिया