• मंगलबार, १२ श्रावण, २०८३
  • Tuesday, 28 July, 2026
  • X

पाठकमाझ आउँदै ‘नेपालको पत्रकारितामा वैश्विक दृष्टिकोण’

नेपालTouch
बिहीबार चैत २४, २०७८ | Thursday April 07,2022

टोरन्टो। एक्काइसौं शताब्दीमा नेपालको पत्रकारिताको समसामयिक अभ्यासलाई विश्व परिप्रेक्षमा विश्लेषण गरी तयार पारिएको पुस्तक पाठकमाझ आउँदैछ।

नेपाल र विदेशमा रहेका २१ जना पत्रकारिता/सञ्चार अध्येताहरुले ‘नेपालको पत्रकारितामा वैश्विक दृष्टिकोण’ ( Global Perspectives on Journalism in Nepal) शीर्षकमा पुस्तक तयार पारेका हुन्।

मिडिया अध्येता डा. भानुभक्त आचार्य (युनिभर्सिटी अफ अटवा, क्यानाडा) र सहप्राध्यापक डा. श्याम शर्मा (स्टोनिब्रुक युनिभर्सिटी, अमेरिका) ले पुस्तकको सम्पादन गरेका छन्।

प्राज्ञिक पुस्तक प्रकाशनमा विश्वमै ख्याति कमाएको बेलायतको ‘राउटलेज’ ले पुस्तक प्रकाशन गरेको हो।

प्रस्तुत छ, उक्त पुस्तकबारे सम्पादकमध्येका एक आचार्यको भनाइ।

तपाईंको प्रतिक्रिया