• सोमबार, १० कार्तिक, २०८३
  • Monday, 26 October, 2026
  • X

उत्तर अमेरिकाका संघ संस्थाहरु साझा मुद्धामा सहकार्य गर्न सहमत

नेपालTouch
आइतबार पौष १२, २०७७ | Sunday December 27,2020

टोरन्टो। आगामी दिनमा उत्तर अमेरिकाका संघ संस्थाहरु साझा मुद्धामा सहकार्य गरेर अघि बढ्न सहमत भएका छन्। 'द एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए)' र 'द एसोसिएसन अफ नेपालिज इन मिडवेस्ट अमेरिकाज (एएनएमए)' ले आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कुराको जानकारी दिएका हुन्।

एएनए र एएनएमएका अध्यक्षहरु क्रमश खगेन्द्र अधिकारी र डा. दिवाकर दहालले जारी गरेको विज्ञप्तिअनुसार आगामी दिनमा संस्थाहरुले उस्तै खालका बिषयमा कार्यक्रमहरु गर्दा सहकार्य गर्ने भएका हुन्।

विज्ञप्तिकाअनुसार, त्यसमा क्यानाडाबाट 'नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज (एनसिएसी)'ले यसमा हस्ताक्षर गरिसकेको छ। 'व्लड डोनर्स एसोसिएसन क्यानाडा'ले पनि त्यसमा हस्ताक्षर गर्ने इच्छा प्रकट गरेको विज्ञप्तिमा जनाइएको छ।

'यस समझदारीको उद्देश्य साझेदार संस्थावीच श्रोतको राम्रो उपयोग गर्नु, जानकारी आदानप्रदान गर्नु, कार्यक्षमता बृद्धि गर्नु, मितव्ययी कार्यक्रमहरुको विकास र सञ्चालन गर्नुका साथै र समुदायका सदस्यमाझ मजवुत सञ्जाल बनाउनु हो' विज्ञप्तिमा जनाइएको छ। 

उल्लिखित संघ संस्थाले साझा चासोका विषयहरु जस्तै, नेपाली पहिचान, संस्कृति, मूल्य मान्यता र अन्य साझा मुद्धामा कार्यक्रम केन्द्रित गर्ने छन्।  यस समझदारी पत्रमा हालसम्म अमेरिकाका १३ वटा संस्थाले हस्ताक्षर गरिसकेका छन्।  
 

तपाईंको प्रतिक्रिया