क्यानाडामा लोट्टो म्याक्सको पुरस्कार ९ करोड डलर
नेपालTouch
अन्टारियो। क्यानाडाको लोट्टो म्याक्स चिठ्ठाको मुख्य पुरस्कार बढेर ९ करोड क्यानेडियन डलर पुगेको छ। यो क्यानाडाको चिठ्ठा इतिहासमै घोषणा गरिएको सबैभन्दा ठूलो पुरस्कार हो। आगामी शुक्रबार हुने खेलमा उक्त पुरस्कार जित्ने अवसर रहनेछ।
यसअघि गत शुक्रबारको खेलमा ८ करोड डलर र मंगलबारको खेलमा ८ करोड ५० लाख डलरको मुख्य पुरस्कार कसैले जित्न सकेका थिएनन्। त्यसपछि पुरस्कार बढेर ९ करोड डलर पुगेको हो।
शुक्रबारको खेलमा मुख्य पुरस्कारका अतिरिक्त १८ वटा ‘म्याक्समिलियन्स’ पुरस्कार पनि राखिएको छ। तीमध्ये प्रत्येकको मूल्य १० लाख डलर छ।
त्यसैगरी, एक लाख डलरका ९० वटा ‘म्याक्सप्लस’ पुरस्कार पनि जित्न सकिनेछ। यसरी शुक्रबारको खेलमा मुख्य पुरस्कारसहित कुल शीर्ष पुरस्कारको मूल्य ११ करोड ७० लाख डलर पुग्नेछ।
मुख्य पुरस्कार कसैले नजिते पनि मंगलबारको खेलबाट अन्टारियोका केही सहभागीले लाखौँ डलर जितेका छन्। अन्टारियो लटरी एन्ड गेमिङ कर्पोरेसनका अनुसार ह्विट्बी र ह्यामिल्टनमा बिक्री भएका टिकटले १० लाख डलरका दुईवटा म्याक्समिलियन्स पुरस्कार जितेका छन्।
टोरन्टो र मिसिसागाका दुई जनाले अर्को म्याक्समिलियन्स पुरस्कार बाँडेर जनही पाँच लाख डलर प्राप्त गर्ने भएका छन्।
मंगलबारको खेलमा एक लाख डलरका १२ वटा म्याक्सप्लस पुरस्कार जित्ने टिकट पनि अन्टारियोमा बिक्री भएका थिए। अर्को ५० हजार डलरको म्याक्सप्लस पुरस्कार तीन जनाले बाँडेका छन्। तीमध्ये एक जनाले ब्रिटिस कोलम्बियाका अर्का विजेतासँग पुरस्कार बाँडेका हुन्।
यो खेलमा योर्क क्षेत्र र विलोडेलका दुई जनाले दोस्रो तहको पुरस्कारसमेत जितेका छन्। उनीहरू प्रत्येकले ८१ हजार ५४१ डलर १० सेन्ट प्राप्त गर्नेछन्।
त्यसैगरी, ‘एन्कोर’ खेलमा स्टफभिल र एज्याक्समा टिकट खरिद गरेका तथा अनलाइनबाट टिकट लिएका एक–एक जना गरी तीन जनाले एक लाख डलर जित्ने भएका छन्।
लटरी सञ्चालकले टिकट खरिद गरेका सहभागीलाई आफ्नो टिकट जाँच गर्न आग्रह गरेका छन्। अन्टारियोमा अनलाइनबाट टिकट खरिद गरेकाहरूले आफ्नो खातामा रहेको टिकटको विवरण हेरेर पुरस्कार दाबी गर्न सक्नेछन्।
एक हजार डलरभन्दा कम पुरस्कार जित्ने अनलाइन सहभागीको रकम स्वतः खातामा जम्मा गरिनेछ। अन्य विजेताले लटरी टिकट बिक्री केन्द्रबाट पुरस्कार दाबी गर्न सक्नेछन्।

सम्बन्धित खबर










.png)


.png)











तपाईंको प्रतिक्रिया