‘मैले प्रमुख अतिथिको प्रस्ताव स्वीकार गरेको थिएन’: क्यानाडाका लागि नेपाली राजदूत
नेपालTouch
अन्टारियो । अक्टोबर २५ मा टोरन्टोमा गर्ने भनिएको एउटा अवार्ड समारोहका आयोजकले क्यानाडाका लागि नेपाली राजदूतलाई अनुमति र स्वीकृति नलिई प्रमुख अतिथिको सूचीमा राखेको खुलेको छ।
'सिजन मिडिया'ले गर्ने भनिएको 'प्रोफेसनल अचिभमेन्ट्स अवार्ड'को फाइनल प्रपोजलमा क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्यालको नाम लेखिएको थियो।
'टोरन्टोमा अर्को अवार्ड कार्यक्रम: औचित्यमाथि प्रश्नै प्रश्न' शीर्षकमा 'नेपाल टच'ले मङ्गलबार समाचार सार्वजनिक गरेपछि राजदूत पौड्यालले आफूले कुनै अवार्ड समारोहमा उपस्थित हुने र प्रमुख अतिथि बन्ने प्रतिबद्धता नजनाएको जानकारी दिए।
"क्यानाडामा स्थानीय नेपाली सङ्घ-संस्थाले गर्ने कार्यक्रममा राजदूतावासका तर्फबाट म सहभागी हुने गरेको छु, तर नेपालका निजी संस्थाले क्यानाडामा गर्ने कार्यक्रम मैले उपस्थिति जनाउने गरेका कार्यक्रमको मापदण्डभित्र पर्दैन", राजदूत पौड्यालले भने, "त्यो कार्यक्रममा मैले कुनै प्रतिबद्धता जनाएको थिएन।"
राजदूतको पूर्व स्वीकृति नलिए पनि 'सिजन मिडिया'ले आफ्नो अफिसियल फाइनल प्रपोजलमा अवार्ड समारोहका प्रमुख अतिथिमा पौड्यालको नाम राखेर टोरन्टो क्षेत्रका दर्जनौँलाई इमेल पठाएको हो। नेपालबाट १५००० किमी टाढा आएर अवार्ड वितरण गर्नु कति व्यवहारिक भन्ने कोणबाट थुप्रै पेशाकर्मी तथा व्यवसायीले प्रश्न उठाएपछि नेपाल टचले यसबारे समाचार सम्प्रेषण गरेको थियो।

सम्बन्धित खबर










.png)














तपाईंको प्रतिक्रिया