• बिहीबार, २९ असोज, २०८३
  • Thursday, 15 October, 2026
  • X

टोरन्टो क्षेत्रका २२ नेपालीद्वारा रक्त तथा प्लाज्मादान

नेपालTouch
आइतबार पौष २४, २०७९ | Sunday January 08,2023

अन्टारियो। क्यानाडामा रहेका नेपाली आबद्ध संस्थाहरुले शनिवार आयोजना गरेको कार्यक्रममा रक्तदान र प्लाज्मादान गरिएको छ।

अन्टारियोको मिसिसागामा आयोजित कार्यक्रममा १० जनाले रक्तदान गरेका छन्। यसैगरी ब्राम्पटनमा १२ जनाले प्लाज्मा दान गरेको जनाइएको छ।

नेपाली रियल्टरहरु आवद्ध कम्पनी होमलाइफ २४/७ ब्रोकरेज र नेप्लिज ब्लड डोनर्स एसोसिएसन क्यानाडाको आयोजनाका कार्यक्रम भएको थियो।

एनबीडीए क्यानाडाका संयोजक रायन तिवारी, होमलाइफका संयोजक हेमराज पाण्डेलगायतले कार्यक्रम आयोजना गरेका थिए।

पूर्णिमा न्यौपाने, अमृता साह, अनिता साहलगायतले रक्तदान गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा एनआरएनए क्यानाडाका अध्यक्ष दिपक गौतम, एनबीडीएका महासचिव लीलानाथ पाण्डे, विवेक पाण्डेलगायतको सहभागिता थियो।

कार्यक्रममा ‘क्यानेडीयन ब्लड सर्भिसेज’ लगायत स्थानीय संस्थाले प्राविधिक सहयोग गरेका थिए।

आयोजक संस्थाले रक्तदान, प्लाज्मादान कार्यक्रममा सहभागिता जनाउने सबैप्रति आभार प्रकट गरेको छ।

एनडिबीएले क्यानाडामा लामो समयदेखि रक्त र प्लाज्मादान कार्यक्रम गर्नुका अतिरिक्त नेपालमा ब्लड बैंक स्थापना तथा एम्बुलेन्स खरिद गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

तपाईंको प्रतिक्रिया